जडान भए नभएको अनुगमन मात्र « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


जडान भए नभएको अनुगमन मात्र


312
Shares

काठमाडौं । सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम जनमानसको बुझाइमा द्धिविधा भएको प्रष्टीकरण यातायात व्यवस्था विभागले दिएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै भनेको छ , २० जेठमा प्रकाशित सूचनाबाट आम सेवाग्राहीमा पर्न गएको द्धिविधा र त्यसबाट उत्पन्न भएको असुविधाप्रति विभाग क्षमायाचना गर्दछ । विभागका अनुसार इम्बोस्डको सूचना २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचनाको निरन्तरता मात्र हो । तर, सरकारले डेढ महिनामात्र समय दिएर नागरिकलाई धम्क्याएको आरोप सांसद गगन थापाले सोमबार प्रतिनिधिसभामा लगाएका थिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले १ साउनका दिन बिहान सडकमा गुड्ने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान हुनुपर्छ भन्ने आशय विभागको नभएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।