Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


बेलायतका प्रधानमन्त्री बोरिसको पद तत्कालका लागि जोगियो


442
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाएपछि तत्कालका लागि उहाँको पद जोगिएको छ ।

तर, आफ्नै पार्टी कन्जर्भेटिभमा जोनसन विरुद्ध बढेको विद्रोह भने उहाँको लागि निकट भविष्यमा निकै ठूलो समस्या बन्न सक्ने देखिएको हाे। पार्टी भित्र गहिरो असन्तुष्टिको बाबजुद उहाँको विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मतदान हुँदा उहाँले जीत हासिल गर्नुभएकाे छ ।

पार्टीका सांसदरूबीच भएको गोप्य मतदानमा जोनसनको पक्षमा २ सय ११ मत प्राप्त भएकाे छ भने विपक्षमा १ सय ४८ मत प्राप्त भएकाे हाे । सामान्य बहुमतको लागि १ सय ८० मत भए पुग्नेमा जोनसनले २ सय ११ मत प्राप्त गर्नुभएको हो ।

तर विष्लेषकहरूले भने जोनसनको विरुद्धमा परेको १ सय ४८ भोट सोचेभन्दा निकै बढी भएको बताएका छन्