२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपालले भुटानविरुद्ध बलिङ गर्दै


91
Shares

काठमाडाैं । आईसीसी यू–१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ ।

मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपाल आज (साेमबार) दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो दुई खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेकाे थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भुटान भने पहिलो जितको खोजीमा रहेको छ ।

भुटान भने अघिल्ला दुई खेलमा पराजित भएकाे थियो । अंक बिहीन भुटान पुछारमा रहेको छ । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।

नेपालले मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्ने भएकाे छ ।