डोजरे विकासले निम्त्याउँदै विनाश « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


डोजरे विकासले निम्त्याउँदै विनाश


104
Shares

जुम्ला । कात्तिक पहिलो साता भएको बेमौसमी वर्षसँगै आएको बाढी पहिरोले जुम्लाको मार्सी धान र दर्जनौं विद्युत् गृह लगायतका क्षेत्रमा ठूलो क्षति भयो ।

तातोपानी-४, हााँकुस्थित नेत्रज्योति मावि बगर बन्यो । अहिलेसमम पनि विद्यालयको पुनर्निर्माण हुन सकेको छैन् । खुला आकाशमै बालबालिका पढिरहेका छन् । बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ । पातारासी, गुठीचौर, तातोपानी र तिला गाउँपालिकामा बाढीले विशेष क्षति भएको थियो । अहिले पनि विपद्का आला घाउ जुम्लामा ज्यूँका-त्यूँ छन् । यसरी वर्षासँगै आउने बाढीपहिरोले क्षति गराउने विभिन्न कारणमध्ये पहिलो डोजरी विकासलाई लिइएको छ ।

स्थानीय सरकार सञ्चालनपछि डोजरे विकासलाई दिएको प्राथामिकताले प्राकृतिक सौन्दर्यता बिग्रिनुका साथै विनाश निम्त्याएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।