पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान


520
Shares

सोलुखुम्बु । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको खुम्बु क्षेत्र अहिले सुनसान बनेको छ ।

पर्यटकीय ‘सिजन’मा भरिभराउ विमानस्थल, होटल, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थलहरु ‘सिजन’ सकिएसँगै सुनसान बनेका हुन् ।

हिमाल आरोहणको समेत सिजन भएकाले सबैभन्दा बढी पर्यटकको आवागमन हुने यस सिजन सकिन लाग्दा खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो ।

पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ–धौ परेका होटल व्यवसायीहरूलाई समेत यतिखेर भने फुर्सद मिलेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताउनुभयो ।

सिजनमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिएको खुम्बुमा अहिले भित्रिने पर्यटक अहिले फाट्ट फुट्टमात्र देखिन थालेका हुन् ।