Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


उडिरहेको विमानमा राजा वीरेन्द्रले ककपिटमा छिरेर भने ‘यो के गरेको क्याप्टेन ?’


37.9k
Shares

काठमाडौं । वि.सं. २०५९ जेठ १९ गते राती दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश विनास भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको उक्त हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ । दरबार हत्याकाण्डमा मारिएका उनै राजा वीरेन्द्रसँग जोडिएको एउटा घटना जसले नेपालको हवाई उड्डयनमा थुप्रै उल्लेख्य रेकर्ड बनाएका क्याप्टेन केशवकृष्ण श्रेष्ठ (क्याप्टेन केके) लाई देशका लागि योगदान दिने अवसर पनि दियो, अनि थुप्रै उत्तारचढाव पनि ।

क्याप्टेन केकेको भनाइ उहाँकै शब्दमा । सन् १९७८ मे महिनाको पहिलो सातातिर मलाई दरबार बोलाइयो । काठमाडौंबाट हिमाल नाघेर चीनको पेकिङ, अहिलेको बेइजिङसम्म ‘ननस्टप फ्लाइट’ उडाउन सकिन्छ कि सकिन्न भनेर सोध्नका लागि मलाई दरबार बोलाइएको थियो । त्यतिबेला नेपालबाट विदेशमा उडान भर्न भारतमा ‘कस्टम क्लियर’ गर्नुपर्ने बाध्यता थियो।

भारतको आकाश भएर उडान भरिरहेको नेपाली हवाई उड्डयन क्षेत्रले त्यतिबेलासम्म भारतको आकाश प्रयोग नगरी उत्तरतिरको हिमाल छिचोलेर उडान भर्नु जोखिमपूर्ण ठानेको थियो । नेपालको उड्डयन क्षेत्र भारतको अधिनस्थ भएकाले भारतको तर्फबाट बेलाबेलामा समस्या खडा हुने गरेको थियो । राजा महेन्द्रकै पालामा पनि उड्डयन क्षेत्रको समस्या समाधान गर्न एकपटक राजा महेन्द्र आफैं दिल्ली जानुभएको थियो।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।