एन आईसी एशियाद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


एन आईसी एशियाद्वारा घातक रोगको बीमा वापत १० लाख बीमा रकम भुक्तानी


559
Shares

काठमाडौं। एन आई सी एशिया बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत आफ्ना एक ग्राहकलाई घातक रोगको बीमा अन्तर्गत १० लाख भुक्तानी दिएको छ ।

बैंकको कपिलवस्तु स्थित तौलिहवा शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका गुजराती राइदासलाई घातक रोगको बीमा वापत १० लाख रुपैंयाँ बीमा रकम भुक्तानी गरेको हो । खातावालाको घातक रोगको उपचारको क्रममा मृत्यु भएपछि निजको बीमा वापतको १० लाख रकम निजको परिवारलाई भुक्तानी दिएको हो । बैंकले गुजरातीका पति भगौती प्रसाद राइदासलाई बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहकमाझ ल्याएको छ ।