काठमाडौं, वैशाख ५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लकडाउन’का कारण काठमाडौंलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले शुक्रबार ट्वीटमार्फत् पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन् ।
साथै, सभापति देउवाले काठमाडौंमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौं किलोमिटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गरेका छन् ।
तर, सरकारमा बसेका त्यो यात्राको दर्शकमात्रै भएको उनको टिप्पणी छ । रासस
लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली #कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा #खाना र राती भए #वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020
1/2 काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020









प्रतिक्रिया दिनुहोस्