Logo २७ पुस २०८२, आइतबार | Mon Jan 12 2026


सेनाले विद्यार्थीलाई दियो आत्मरक्षा तालिम


91
Shares

बैतडी । नेपाली सेनाले बैतडीमा विद्यार्थीका लागि आत्मरक्षा तालिम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सेनाको हनुमानध्वज गुल्मले दशरथचन्द मावि सुन्दरखालीका विद्यार्थीका लागि आत्मरक्षा तालिम र स्वास्थशिविरको आयोजना गरेको हो ।

प्रधानसेनापति मार्ग निर्देशन र बाहिनीपति कमाण्ड प्रतिवद्धता कार्यान्वयन योजनाअनुसार आत्मरक्षा तालिम सञ्चालन गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिनुभयो ।

जनतासँग सहकार्यमा स्थानीय विद्यालयहरूसँग समन्वय गरि आत्मरक्षा तालिम सञ्चालन गरेको हो । सेनानी रानाका अनुसार पेशागत तालिम, सैनिक व्यवशायिक शिक्षा तथा खेलकुदलाई समयानुकूल परिष्कृत गर्ने लक्ष्य र सैनिक नागरिक सम्बन्ध बढाउने उद्धेश्य रहेको छ ।

१० हप्तासम्म सञ्चालन हुने आत्मरक्षा तालिममा उक्त विद्यालयका ३० विद्यार्थीको सहभागिता रहेको छ । साथै सितोरियो करातेलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथा सितोरियो कराते डोजो त्रिपूरा बैतडीलाई थप शसक्तीकरण गरि जिल्लाको खेल क्षेत्रमा योगदान पुगाउनमा सहयोग होस भन्ने उदेश्यले २० हजार बराबरको सामग्री सितोरियो कराते गेयर सितोरियो करातेकी प्रशिक्षक हेमा भट्टलाई दिइएको छ ।

आत्मरक्षा तालिमले पढाइको साथसाथै खेलमा रुची जगाउने, विद्यार्थी शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा सवल र सामाजिक रुपमा घुलमिल हुन सक्ने जीवनमा आइपर्ने सक्ने चुनौतीहरुको सामना गर्न, आत्मसुरक्षा लगायत महिलामैत्री समाजको समेत विकास गर्नमा योगदान पुगाउने विश्वास गरिएको छ ।