५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो


130
Shares

काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ ।

मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो ।

विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो ।

बिहानको सयममा निकै चापमा हुने विमानस्थल रोकिंदा थुप्रै उडानहरु प्रभावित भएका थिए ।