विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


विमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जनाको मृत्यु


29.419k
Shares

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।

धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जनाको दुर्घटनामा मृत्यु भएको हो ।

मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले सामाजिक सञ्जालमार्फत् सो नगरपालिकाको वडा नम्बर ११ स्थित लोटाका गोले परिवारका सात जनाको विमान दूर्घटनामा मृत्यु भएको जानकारी दिनुभएको छ ।

मेयर महतोका अनुसार दूर्घटनाग्रस्त विमानमा लोटाका राजन कुमार गोले, उहाँका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट विमानमा जोमसोम जाँदै गर्दा विमान दुर्घटना भएको हो ।

यस्तै, गोरखाको एकै परिवारका चार जनाको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ एकै परिवारका हुन ।