Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


नेवाः देय् दबूलाई नेवाः अधिकार सिरपा पुरस्कार


143
Shares

काठमाडौं । नेवाः अधिकार सिरपा पुरस्कार नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूलाई प्रदान गरिएको छ ।

अधिकारकर्मी डा. महेशमान श्रेष्ठले स्थापना गर्नुभएको ५० हजार राशीको यो पुरस्कार अधिकार प्राप्तिमा योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कार ग्रहण पछि बोल्नु हुँदै पुरस्कार विजेता नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले अधिकार स्थापित गर्ने अभियानमा संगठन अझ सशक्त भएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा पुरस्कार दाता डा. श्रेष्ठले अन्य विभिन्न विधामा पुरस्कार वितरणको लागि ध्यानाकर्षण रहेपनि अधिकारका लागि योगदान गर्नेहरुलाई पुरस्कृत गर्ने गतिविधि नदेखिएकाले नेवाः अधिकार सिरपा पुरस्कार स्थापना गरेको उल्लेख गर्नुहुँदै यसका लागि १० लाखको कोष बनेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि जनकवि दुर्गालालले दाता डा. श्रेष्ठको ब्यक्तित्व, योगदान तथा क्रियाशीलताको चर्चा गर्नुहुँदै अझै अधिकार प्राप्तिको यात्रा नसकिएको उल्लेख गर्नुभयो ।