२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


संघीय भू-उपयोग योजना कार्यान्वयनमा ल्याइने


91
Shares

काठमाडौं । सरकारले भूमिको समूचित उपयोग गर्न संघीय भू-उपयोग योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो व्यवस्था गरिएको हो । त्यसैगरी बजेटमा प्रदेश र स्थानीय तहमा भू उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थिति बसोबासीहरुको व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन राष्ट्रिय भूमि आयोगमार्फत् प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।