सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुके : मुख्यमन्त्री पाण्डे « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुके : मुख्यमन्त्री पाण्डे


104
Shares

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले जनता र दलहरुको आन्दोलनको बलमा गणतन्त्र आए पनि सामाजिक, आर्थिक रुपान्तरणको काममा दलहरु चुकेको बताउनुभएको छ ।

१५ औं गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित समारोहमा उहाँले गणतन्त्रको स्थायित्वका लागि ढिला नगरी सामाजिक न्याय र आर्थिक समुन्नतितर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

दिवसको अवसरका आयोजना गरिएको ६ किलोमिटर पुरुष र महिला दौड प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मुख्यमन्त्री पाण्डे, सभामुख सानुकुमार श्रेष्ठ र प्रदेश प्रमुख यादवचन्द्र शर्माले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।