स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन


195
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताउनुभएको छ ।

मोरङको विराटनगरस्थित विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राख्नुभयो ।

राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल पराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताउनुभयो ।