शाहरुख खानका छोरा आर्यनलाई अदालतबाट क्लीन चिट « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


शाहरुख खानका छोरा आर्यनलाई अदालतबाट क्लीन चिट


416
Shares

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यन खानले अदालतबाट क्लीन चिट पाएका छन् ।

एनडीपीएस अदालतमा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले शुक्रबार अदालतमा आरोप पत्र दर्ता गरेको थियो ।

आरोप पत्रमा आर्यन खानको नाम समावेश नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आर्यनसँगै क्रुज ड्रग्स मुद्दा लागेका मुनमुन धामेचा र अरबाज मार्चेन्टलाई अदालतले क्लीन चिट दिएको छैन ।

आरोप पत्रमा आर्यन खानसँगै अन्य ५ जनाका विरुद्ध कुनै पनि सबुत नभेटिएको र बाँकी १४ जनाविरुद्ध मुद्दा दर्ता भएको समाचारमा उल्लेख छ ।

‘ड्रग अन क्रुज’ मामिलामा शुक्रबार ६ हजार पानाको आरोप पत्र दर्ता गरिएको थियो ।

आर्यनलाई सन् २०२१ अक्टोबर २ मा क्रुज ड्रग्स मुद्दामा पक्राउ गरिएको थियो । अनुसन्धानपछि ६ नोभेम्बरमा उनलाई जमानत दिइएको थियो ।