२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


अलजजिराकी पत्रकार अक्लेहको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा


143
Shares

काठमाडौं । अल जजिरा टेलिभिजन नेटवर्कले इजराइलको आक्रमणमा प्यालेस्टाइनमा मारिएका आफ्ना पत्रकार शिरिन अबु अक्लेहको हत्याकाण्डलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने तयारी भएको छ।

अल जजिराले नेदरल्याण्ड्सको ‘द हेग’ स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा यो मुद्दा उठाउने तयारी गरिरहेको हाे। यसका लागि टेलिभिजनले कानूनी विज्ञसहितको टोली खटाईसकेको जनाएकाे छ। पश्चिम किनाराको जेनिन शरणार्थी शिविर नजिक समाचार संकलनका क्रममा इजरायली सेनाको गोली लागेर पत्रकार अक्लेह मारिएकी थिइन् ।

घटना लगतै अलजजिरा नेटवर्कले विज्ञप्ति प्रकाशितगरि प्यालेस्टाइनी क्षेत्रमा काम गर्ने आफना पत्रकारलाई इजरायलले निशाना बनाएको भन्दै दोषीलाई कानूनी कठघरामा ल्याउने जनाएको थियो।