जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै


1.534k
Shares

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ ।

जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो ।

शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा आज जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक समिति अध्यक्ष डा विजयकुमार पौडेल र ग्लोबल आइएमइ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।

अध्यक्ष पौडेलले जनता आइपीओमा गएसँगै नेपाली मिडियाको क्षेत्रमा नयाँ युगको शुरुवात हुने बताउनुभयो । यसले लगानीकर्ताहरुले व्यक्तिगत लाभ र उदेश्य प्राप्तिका लागि मात्र मिडियामा लगानी गर्छन् भन्ने जनगुनासोको समेत अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसलाई नेपाली शेयर बजारका लागि नै नौलो अभ्यास भएको बताइएको छ ।