 
	    काठमाडौं । ललितपुर महानरपालिकाको मेयरमा विजयी चिरिबाबु महर्जनले शपथ ग्रहण गर्नुभएको छ ।
बुधबार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले शपथ ग्रहण गर्दै अबको काम महानगरवासीमा समर्पित हुने बताउनुभयो ।
मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या समाधानका लागि आफु तत्पर रहने उहाँले बताउनुभयो । निर्वाचन अघिसम्म पार्टीका कुरा गरेपनि अब जनताका समस्या समाधान गर्ने उहाँले उद्घोष गर्नुभयो ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी हुनुभएको हो । मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गर्नुभएको हो । उहाँले ४२ हजार ७२२ मत प्राप्त गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्