२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


भुमिहिनको समस्या दुई वर्षभित्र समाधान गरिने


91
Shares

काठमाडौं । सरकारे भुमिहित तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताउनुभएको हो ।

उहाँले पुर्नस्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताउनुभयो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताउनुभयो । उहाँले विशिष्टकृत संस्थाबाट मात्र घर जग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।