१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


द्वन्द्वका कारण विश्वभर दश करोड मानिस विस्थापित


78
Shares

एजेन्सी । द्वन्द्वका कारण विश्वभरी कम्तीमा दश करोड मानिस विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघले सोमबारसार्वजनिक गरेको विवरणमा जबरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ ।

विस्थापित भएकाहरूमाथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरूले जनाएका छन् ।

विस्थापित मध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन् ।

यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका राष्ट्रसंघले जनाएको छ ।