Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘लकडाउन’ पालना गराउने प्रहरी देख्नेबित्तिकै बेहोसपछि वृद्धाको मृत्यु


0
Shares

सप्तरी, वैशाख १ । सप्तरीको खडक नगरपालिकामा ‘लकडाउन’ पालना गराउनेक्रममा खटिएका प्रहरी देख्नेबित्तिकै बेहोस भएर एक वृद्धाको ज्यान गएको छ ।

खडक नगरपालिका वडा नम्बर–६, वीरपुरकी ६५ वर्षीया वृद्धा जैनव खातुन सोमबार आफ्नै घरअगाडिको ट्रयाक्टर घरभित्र लग्नेक्रममा प्रहरी देख्नेबित्तिकै बेहोस भइ ढलेकी थिइन् ।

प्रहरीले लकडाउन तोडेको भन्दै लाठी उठाउनेबित्तिकै उनी बेहोस भइ ढलेको र उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लग्नेक्रममा उनको बाटोमै मृत्यु भएको हो ।

मृतक जैनव मुटु र दमको रोगी रहेकोले हृदयाघात भएको हुनसक्ने अस्पतालले जनाएको छ ।

मृतकको शव ‘पोस्टमार्टम’का लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।