बिराज रोस्यारा (इमेज)
कैलाली, वैशाख १ । कैलालीकी कोरोना संक्रमित महिलासँगै एउटै गाडीमा यात्रा गरेका ३४ जनाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले वीरगन्जबाट आएका सबै व्यक्तिसँग सम्पर्क भइसकेको जानकारी दिएका छन् ।
स्थानीय प्रशासनको पास लिएर यही चैत १७ गते ३४ जना बसमा र एकजना ट्रकबाट कैलाली आएका थिए ।
वीरगन्जबाट आएकामध्ये कैलालीका २६, सुर्खेतका पाँच, दैलेखका एक, अर्घाखाँचीका एक र दाङका एकजना रहेका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका–१, भुरुवाकी ५२ वर्षीया महिलामा कोरोना ‘पोजिटिभ’ देखिएको छ । उनीसँगै वीरगन्जबाट एउटै बसमा आएका ३४ जनाको पहिचान भएको हो ।
संक्रमितलाई सोमबार दिउँसोदेखि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
उनीसँगै आएका अरुलाई ‘क्वारेन्टाइन’मा राखिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्