Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


विदेशबाट फर्केकाहरु ‘क्वारेन्टाइन’मा नबस्दा गाउँ–गाउँमा संक्रमणको जोखिम


0
Shares

दाङ, वैशाख १ । दाङमा स्थानीय तहहरुले विदेशबाट आएकाहरुलाई ‘क्वारेन्टाइन’मा राख्न नसक्दा कोरोनाको जोखिम बढेको छ ।

चैतयता स्थानीय तहले विदेशबाट आएकाहरुको अभिलेख तयार पारेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्न नसक्दा जोखिम बढेको हो ।

पछिल्लो एक महिनामा विदेशबाट तीन हजार ६००  भन्दा बढी व्यक्ति दाङ भित्रिएका छन् । यसमध्ये अहिले ३४ जनामात्र क्वारेन्टाइनमा बसेका छन् ।

विदेशबाट फर्किएकाहरुलाई सरकारले अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्न अनुरोध गरेपनि त्यसको बेवास्ता गरी अधिकांश मानिस घरै बस्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालयले भने एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा जान कडाइ गरेपनि यसको पूर्णरुपमा पालना नभएको पाइएको छ ।

संक्रमितसँगै आएकाको पहिचान

कैलालीका कोरोना संक्रमितसँगै आएका दाङका १० जनाको पहिचान भइसकेको र सातजनालाई कोरोना विशेष अस्पतालमा राखिएको तथा अन्य तीनजनाको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी गराएका छन् ।