Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


रौतहटमा थप कडाइ


0
Shares

रौतहट, वैशाख १ । रौतहटको पूर्व–पश्चिम राजमार्गका दुवै नाकामा संयुक्त सुरक्षाकर्मी परिचालन गरी थप कडाइ गरिने भएको छ ।

पूर्वमा वाग्मती र पश्चिममा धन्सारमा सुरक्षाकर्मी परिचालन गरी आवात–जावतमा थप कडाइ गर्ने निर्णय भएको हो ।

इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा उपसचिव चेतराज बरालसहितको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

पास नलिएका सवारी–साधन चल्न नदिने र पैदलयात्रीलाई पूर्णरुपमा आवात–जावतमा रोक लगाउने निर्णय गरिएको छ ।

छिमेकी जिल्ला पर्सामा कोरोनाभाइरसको संक्रमित फेला परेसँगै चन्द्रपुर नगरक्षेत्रमा अत्यावश्यक सेवाअन्तर्गत् पर्ने सवारी–साधन, पास लिएका सवारी–साधनबाहेक अन्य सवारी–साधनको आवात–जावतमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको हो ।

बैठकले तरकारी तथा फलफूल वितरणका लागि उद्योग वाणिज्य संघको सिफारिसमा तरकारी तथा फलफूल बिक्री–वितरण गर्न सीमित संख्यामा ‘होम डेलिभरी’ गर्ने गरी सवारी अनुमति जारी गर्ने निर्णय पनि गरेको छ ।