पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जु देवीको अग्रता कायमै « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जु देवीको अग्रता कायमै


1.066k
Shares

पोखरा । पोखरा महानगरपालिकामा मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायमै छ ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २६० मत अन्तरले पछि पार्नु भएको छ ।

एक लाख १ हजार १२१ मत गणना हुँदा आचार्यले ४० हजार ४३४ र थापाले ३७ हजार १७४ मत पाउनु भएको छ ।

यसैगरी, उपमेयरमा एमालेकी गुरुङले कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट भन्दा १ हजार ६१२ मत बढी पाउनु भएको छ । मञ्जुले ४२ हजार ३१६ र कोपिलाले ४० हजार ७०४ मत प्राप्त गर्नुभएको छ ।