Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


लकडाउनकै बेला कालीगण्डकी नदीमा स्नान गर्नेहरुको भीड


0
Shares

पर्वत । लकडाउनको अवस्थामा पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिको दिन मेला लाग्ने कालीगण्डकीमा यस वर्ष कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै नदीमा स्नान गर्नेहरुको भीड लागेको हो ।

ठूलो संख्यामा मानिसहरु बिहानै नदीमा स्नान गर्न पुगेका थिए । जिल्ला प्रशासन कार्यालयले पाँच दिन अघिनै कालीगण्डकीमा मेला भर्न र स्नानका लागि नजान सुचना जारी गरेको थियो ।

यता पर्वतको मोदीबेनी र पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थलमा अबस्थित सेतीवेणी धाममा भने विगतका वर्षहरु जस्तो घुँईचो नभएको भक्तजनहरुले बताएका छन् ।