
कैलाली । कैलालीको लम्कीचुहा–८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका छन् ।
हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा रुख ढलेको हो ।
घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्