गठबन्धनले कारबाही गरेका चौधरी कैलारी गाउँपालिकाकाे अध्यक्षमा विजयी « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


गठबन्धनले कारबाही गरेका चौधरी कैलारी गाउँपालिकाकाे अध्यक्षमा विजयी


3.003k
Shares

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा गठबन्धनबाट कारबाहीमा परेका कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रको भागमा परेको भन्दै कारबाहीमा पर्नुभएका नेपाली कांग्रेसका राजसमझ चौधरी १० हजार ४ सय ९२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे । उहाँका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका लाजुराम चौधरी ६ हजार ४ सय ३० मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे ।

त्यस्तै साेही गाउँपालिकाकाे उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार भागवतीकुमारी चौधरी विजयी हुनुभएकाे छ । उहाँले १० हजार ४ सय ८४ मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे ।

उहाँले प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई पराजित गर्नुभएकाे छ ।