Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना


0
Shares

काठमाडौं, चैत २९ । स्थानीय वायुको प्रभावले शनिबार साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।

उनकाअनुसार यस प्रणालीको प्रभावले शनिबार उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणालीको असर शनिबार रातिसम्म मात्र कायम रहने जनाइएको छ ।

प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ । रासस