Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


१० पटकसम्म वडाध्यक्ष बनेका ८१ वर्षीय व्यञ्जनकार पराजित


8.7k
Shares

काठमाडौं । ललितपुर महानगरपालिका-१० मा १० पटकसम्म वडा अध्यक्ष पदमा ८१ वर्षीय नरसिंह व्यञ्जनकार विजयी हुनुभएकाे थियाे।

तर यसपटक भने उहाँ पराजित हुनुभएको हाे । २०७९ सालको स्थानीय तह निर्वाचनमा ११औं पटक वडा अध्यक्ष पदमा उहाँ स्वतन्त्र रुपमा प्रतिस्पर्धामा उठ्नुभएको थियो । तर उहाँ यसपटक भने आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २ सय ८२ मत अन्तरले पराजित हुनुभएको हो ।

८१ वर्षीय नरसिंहले ५ सय ४३ मत प्राप्त गर्दा उहाँका ४४ वर्षीय भतिज नेपाली कांग्रेसका वडा अध्यक्षाका उम्मेदवार रविनमान व्यञ्जनकार ८ सय २५ मत प्राप्त गरेर विजयी हुनुभएकाे छ। नरसिंह र रविनमानसँगै सो वडाको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुभएका राप्रपाका वीरबहादुर तामाङले ८० मत र माओवादी केन्द्रका रघुनाथ दुलालले ४७ मत प्राप्त गरेर पराजित भएका छन् ।

नरसिंह २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बन्नुभएकाे थियाे। त्यतिबेला उहाँले दरबार निकट मानिने देवेन्द्रलाल अमात्यलाई पराजित गर्नुभएकाे थियाे । त्यसयता ललितपुर महानगरपालिका वडा नम्बर १० को नेतृत्व उहाँले नै गर्दै आउनुभएकाे थियाे । बहुदल आएपछिको पहिलो स्थानीय तहकाे चुनावमा उहाँ नेपाली कांग्रेसको तर्फबाट निर्विरोध निर्वाचित समेत हुनुभएकाे थियाे।

२०७४ सालको स्थानीय तहकाे चुनावमा पनि उहाँ स्वतन्त्र रूपमा नै चुनावमा विजयी हुनुभएकाे थियाे।

Skip This