कपिलवस्तु, चैत २९ । कपिलवस्तुसँग सीमा जोडिएका चोरबाटो हुँदै आवत–जावत गर्नेक्रम रोकिएको छैन ।
जिल्लाको पश्चिमी क्षेत्रका विभिन्न नाका तथा सदरमुकाम तौलिहवासँग जोडिएको यशोधरा गाउँपालिकाको मर्यादपुर, सेमरी, नोनवा, पकडीहवालगायतका नाकाबाट ठूलो संख्यामा मानिसहरु निर्वाधरुपमा नेपाल प्रवेश गरिरहेका छन् ।
भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका विभिन्न स्थानबाट हिँड्दै आएका उनीहरु निर्वाध भित्रिने गरेका हुन् ।
भारतीय सुरक्षाकर्मीले सीसीटीभी नभएको ठाउँबाट नेपाल प्रवेश गर्न सुझाव दिने गरेको पाइएको छ भने भारत छिर्न दिइएको छैन ।
यता, कपिलवस्तुको ९३ किलोमिटरको खुला सीमा चुनौती भएपनि सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नदिन थप कडाइ गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले प्रतिक्रिया दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्