
काभ्रे । धुलिखेल नगरपालिकामा मंगलबार साँझबाट रोकिएको मतगणना कार्य सुरु गर्ने तयारी गरिएको छ ।
मतगणना गर्ने क्रममा सदर र बदर मतका बारेमा प्रश्न उठेपछि मंगलबार साँझ ६ बजेबाट रोकिएको मतगणना कार्य सर्वदलिय बैठक बसेर बुधबार नै सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिनुभयो ।
यसअघि मतगणनाका बारेमा भएको अस्पस्टताका सन्दर्भमा निर्वाचन आयोगलाई पत्र लेखेर स्पट गरिदिन अनुरोध गरिएको थियो ।
आयोगले कानुन र निर्देशिकामा भए अनुसार मतगणना कार्य निरन्तर गर्न भनेको छ । आयोगको निर्देशन सँगै वडा नम्बर ९, १०, ११ र १२ को मतगणना हुने छ भने यस अघि गणना भइसकेको मत पुनः गणना हुने छैन । निर्वाचन आयोग आफैले मतगणनामा त्रुटी भएको स्विकार गरेको छ । मतगणनामा एउटै पदका लागि दुई निर्वाचन चिन्हमा स्वस्तिक चिन्ह प्रयोग भएको पाईएमा बदर हुन पर्ने मतलाई यस अघि सदर गरिदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्