२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जित्यो


0
Shares

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

मोरक्कोमा गएराति भएको खेलमा सेभियालाई २-१ ले हराउँदै बार्सिलोनाले सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा सेभियाका पाब्लो साराबीयाले पहिलो गोल गरे । तर बार्साका जेरार्ड पिके र ओस्मान डेम्बेलेले एक–एक गोल गर्दै टोलीलाई खेलमा पहिलो पटक अग्रता दिए ।

अन्तिम समयमा सेभियाले एउटा पेनाल्टी हान्ने अवसर पायो ।

सेभियाका बेन यडरको कमजोर प्रहारलाई बार्सिलोनाका गोलकिपर मार्क टर स्टेगेनले बिफल पारेपछि बार्सिलोनाले उपााधि जितेको हो ।

जितसँगै बार्सिलोनाले लिग सिजन सुरु हुनुपूर्व अन्य टोलीलाई बलियो चुनौती दिएको छ । स्पेनिस लिग फुटबलको नयाँ सिजन अर्को हप्ता सुरु हुँदैछ ।

उता, जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

गएराति भएको खेलमा आइन्त्राच फ्रान्कफर्टलाई ५-० ले हराउँदै बायर्न म्युनिखले सिजनको पहिलो उपाधि जितेको हो ।

खेलमा बायर्नलाई विजयी गराउन पोल्याण्डका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेका थिए ।