२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीरा एयरवेजको उडान सुरु


1.287k
Shares

काठमाडौं । कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ ।

बुधबार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै भैरहवास्थित नव–निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडान सेवा सुरु गरेको जानकारी दिएको हो ।

जजीरा एयरवेजले मध्य–पूर्व, एसिया र युरोपमा आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजीराले उडान सुरु गर्नाले मध्य–पूर्व र युरोपमा बसोबास गर्ने समुदाय नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष जोडिन सक्ने जजीरा एयरवेजले बताएको छ ।

यस उडानले कुवेत र मध्य–पूर्वको यात्रुहरुलाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरिएको छ । यस उडान मार्फत विदेशी पर्यटकहरुले सिधै लुम्बिनी पुग्नसक्ने छन् ।