Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


इराकमा आँधीबाट जनजीवन प्रभावित


156
Shares

काठमाडौं । इराकमा भारी वर्षापछि आएको आँधीका कारण जनजीवन प्रभावित भएको छ ।

आँधीले उडाएको धुलोले सडक र आकाश ढाकेपछि मानिसहरूलाई स्वास प्रस्वासमा समस्या भएपछि ४ हजार जना मानिसलाई अस्पताल भर्ना गरिएको छ। आँधीले सयौं घरका छानाहरू उडाएकाले हजारौंको बिचल्ली भएको छ। आँधिका कारण विमानस्थल, सडक यातायात विद्यालय, कलेज पूर्ण रुपमा बन्द गरिएको छ। राजधानी बग्दाद लगायत १८ वटा प्रान्तमा आँधीको प्रभाव परेको छ ।

आँधी चल्ने क्रम अझै केही दिन रहने र त्यसले थप क्षति पुर्याउन सक्ने भन्दै सरकारले अपील समेत गरेको छ ।