काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


काभ्रेमा चट्याङ लागेर एक किशोरीको मृत्यु


2.041k
Shares

काठमाडौं । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मंगलटार पन्नचेमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।

रोशी ९ मंगलटार पन्नचेकी १६ वर्षीय साजनी लुङ्गेली घर नजिक बारीबाट घर फर्कने क्रममा अचानक चट्याङ लागी घाइते भएको र उपचारका लागि नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित स्थानीय मेडिकलमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।