स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्
मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका गैरेको ८ हजार ९२२ मत आएको थियो । त्यसैगरी उपमेयरमा पनि कांग्रेसकै हेमा न्यौपाने ९ हजार ११८ मत ल्याएर विजयी भएकी छिन् । न्यौपानेकी निकटम् प्रतिद्वन्दी नेकपा एमालेकी देबिसरा थापालाई ९ हजार ५५मत प्राप्त भएको थियो ।
गल्याङ नगरपालिका नेकपा एमालेकी नेतृ एवं पूर्वमन्त्री पद्मा अर्यालको क्षेत्र हो । तर मेयरमा कांग्रेसका भट्टराइले बाजी मारेका हुन् ।११ वडा रहेको गल्याङ नगरपालिकामा १,३,४,६,८,९र १० वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ भन्ने नेकपा एमालेले २, ५,७,८ र ११ मा जित हासिल गरेको छ।
गल्याङ नगरपालिकामा २९ हजार ५५७ जना मतदाता रहेकोमा १९ हजार ८८० जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा भने मेयरमा नेकपा एमालेका भुपराज अधिकारी विजयी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्