Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


इंग्लीश प्रिमियरमा युनाइटेड र म्यान्चेस्टर बराबरीमा रोकिंए


429
Shares

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा युनाइटेड र म्यान्चेस्टर बराबरीमा राेकिंएका छन् ।

साे खेलमा म्यान्चेस्टर सिटी र वेष्ट ह्याम युनाइटेडले २–२ गोलको बराबरी खेलेका थिए । आइतबार राति वेष्ट ह्यामको मैदानमा भएको खेल बराबरीमा रोकिएसँगै प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाट हुनेभएको छ। यो खेल जितेको भए म्यान्चेस्टर सिटी लिग च्याम्पियन बन्ने थियो। आइतबार रातिको खेलमा वेष्ट ह्यामका ज्यारेड बोवेनले दुई गोल गर्दा म्यान सिटीका ज्याक ग्रिएलिसले एक गोल गरेका थिए ।

वेष्ट ह्यामकै सोफियान बुफालले एक आत्माघाति गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको हो । खेलमा सिटीका रियाद माहारेजले पेनाल्टी अवसर खेल फालेपछि टोलीले प्रिमियर लिगको उपाधि सुरक्षित गर्ने अवसर गुमाएको छ। सिटीले अब अन्तिम खेलमा एस्टन भिल्लाको सामना गर्नेछ । लिगमा ३७ खेलबाट म्यान सिटीको ९० अंक भएको छ ।

एक खेल कम खेलेको लिभरपुल ८६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Skip This