पूर्व-प्रधानन्यायाधीश श्रेष्ठसहितको टिम मतदान स्थलको निरीक्षण गर्दै « Imagekhabar – Online News Portal of Nepal


पूर्व-प्रधानन्यायाधीश श्रेष्ठसहितको टिम मतदान स्थलको निरीक्षण गर्दै


130
Shares

काठमाडौं। पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरूको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेकाे छ ।

पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदान स्थलहरुको अनुगमन गरेको हाे । सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टिमले त्यहाँको मतदान स्थल र मतदाताहरुको गुनासोका विषयमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले स्थानीय निर्वाचन २०७९ मा केही मतदान केन्द्रमा मतदान गर्ने क्रममा ढिलाई भइरहेको गुनासो मतदाताहरूले गरेको पनि बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई पहिला पालो दिँदा केही समय ढिला भएको भएपनि मतदान अधिकृतहरूले यस समस्यालाई चाँडै समाधान गर्ने बताएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन शुक्रबार देशभर एकसाथ भइरहेको छ ।

निर्वाचनमा भयरहित र निष्पक्ष रुपमा सहभागी भइ मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।