Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


गत वर्ष टेलिकमको आम्दानी ४५ अर्ब ५६ करोड


0
Shares

काठमाडौं, साउन २७ । आर्थिक वर्ष २०७४/७५ मा नेपाल टेलिकम साढे ४५ अर्ब रुपैयाँ बराबर आय आर्जन गर्न सफल भएको छ ।

गत बर्ष टेलिकमको कुल आय करिव ४५ अर्ब ५६ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले बृद्धि भएको जनाइएको छ । 

सोही अवधिमा कम्पनीको नाफा करिव १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले बृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानी १०४ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । 

कम्पनीले महत्वाकांक्षी आयोजनामध्येको एक ‘एकीकृत बिलिङ प्रणाली’ सम्पन्न भएको, विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टिडीएम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको लगायतका उपलब्धी हासिल गरेको जनाएको छ । 

२०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख बढी रहेको जनाएको छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार रहेको पनि जनाइएको छ ।

कम्पनीले चालु आर्थिक वर्षमा पूर्वाधार विकास, वायरलेस, वायरलाइन सेवा विस्तार, टावर निर्माण लगायतका योजना सञ्चालन गर्ने जनाएको छ ।

 

Skip This