Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


शेयर बजार वियरिष ट्रेण्डमा


0
Shares

काठमाडौं, साउन २७ । साताको पहिलो दिन आईतबार शेयर बजार वियरिष ट्रेण्डमै रह्यो ।

यस दिन पनि बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आयो । नेप्से झण्डै १७ अंकले घटेर ११६३ मा आएर थामियो । यस दिन कारोबार भएका अधिकांशजसो समूह ओरालो लागे ।

व्यापार र होटल समूह नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूहमा गिरावट आयो । 

जीवन बिमा समूहमा सबैभन्दा उच्च १९३ अंकको गिरावट आयो । निर्जीवन बीमा समूह पनि १०३ अंकले ओरालो लाग्यो ।

उत्पादनमूलक समूहमा ६३ अंकको कमी आयो । लघुवित्त, विकास बैंक, जलविद्युत र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले झरे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीको ७ लाख ८१ हजार कित्ता शेयर २५ करोड २२ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।