थप २१ जनामा कोरोना संक्रमण « Imagekhabar – Online News Portal of Nepal


थप २१ जनामा कोरोना संक्रमण


78
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, बुधबार १६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १८७ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।