एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा « Imagekhabar – Online News Portal of Nepal


एमालेले चुनाव जित्यो भने फेरि संसद भंग हुन्छ : सभापति देउवा


1.001k
Shares

कैलाली । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसद, प्रदेश सभार स्थानिय तहमाथि आक्रमण गर्ने दाबी गर्नुभएको छ ।

कांग्रेसका सभापति देउवाले ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताउनुभयो । सोमबार सत्ता गठबन्धनले धनगढीमा गरेको चुनावी सभामा बोल्दै देउवाले ओलीले दुई पटक संसद भंग गरेपनि हामीले अदालतबाट फिर्ता ल्यायौं तरपनि एमालेले चल्न नदिएको गुनासो गर्नुभयो । एमालेमा ओलीले सबैलाई थर्काएर राखेको बताउदै उहाले एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भंग गर्न बताउनुभयो ।

प्रधानमन्त्री देउवाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नु भएको छ । देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने दाबी गर्दै देउवाले गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभएको हो ।

अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी रहेको बताउदै देउवाले यसका लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिएको खण्डमा कारवाही गरिने समेत बताउनुभयो । उहाँले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिम बासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । त्यस्तै उहाँले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गर्नुभयो ।