प्रधानमन्त्री देउवा पोखरापछि दाङमा « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्री देउवा पोखरापछि दाङमा


247
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको कार्यक्रम सकेर दाङ पुग्नु भएको छ ।

देउवाले दाङ जानु अघि सत्ता गठबन्धनले आइतबार पोखरामा आयोजना गरेको चुनावी सभालाई समबोधन गर्नु भएको थियो । देउवासँगै सत्ता गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतले पोखराको चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

गठबन्धनले आजै दाङमा पनि चुनावी सभाको आयोजना गरेको छ । प्रधानमन्त्री देउवासँगै सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेता पनि दाङ पुगेका छन् ।