
काठमाडौं । सरकारले हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजिसिनिङ सिस्टम) लागू गर्ने तयारी गरेको छ ।
दुई वर्ष अघि नै जीपीएस ट्रयाकिङ लागू गर्ने तयारी गरेको भएपनि आन्तरिक तयारी पूरा नभएको भन्दै पर्यटक विभागले जारी सिजनमा परीक्षण गर्न लागेको हो ।
हिमाल आरोहण पारदर्शी बनाउन र आरोहणका लागि मापदण्डको आधार तय गर्न जीपीएस लागू गर्न लागिएको विभागले जनाएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्