१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


भक्तपुरमा ४ वटा नगरपालिकामा ११ जनाको मेयरमा उम्मेदवारी


117
Shares

काठमाडौं । भक्तपुरको चार वटा नगरपालिकामा मेयरका लागि कुल ११ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार दर्ता गर्ने पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम दर्ता गर्ने पहिलो दिनमा जिल्लाका ४ वटा नगरपालिकामा ११ जना प्रमुखका आकांक्षिहरुले सम्बन्धीत नगरपालिकाको निर्वाचन कार्यालयमा नाम दर्ता गरेका हुन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।