Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


युक्रेन रुससँग वार्ता गर्न तयार


8.6k
Shares

‍काठमाडौं । युक्रेन रुससँग वार्ता गर्न तयार भएकाे छ ।

युक्रेनी र रुसबीच युद्ध जारी भएकाे आज (बिहिबार) ५७ दिन पूरा भएकाे छ । रुसले लगातार युक्रेनी सैनिकलाई आत्मसमर्पणका लागि आह्वान गरिरहेको छ । युक्रेनी सैनिकले ठूला हतियारको अभावमा रुसी आक्रमणका सामु टिक्न मुश्किल भईरहेको समेत बताइरहेका छन् ।

युक्रेनले मध्यस्थकर्ताहरु मार्फत वार्ताका लागि प्रस्ताव पठाएको छ । पछिल्लाे समय रुसी आक्रमणको निशाना बनेको दक्षिणी युक्रेनको मारियुपोल शहर रुसी कब्जामा जाने संघारमा पुगेका बेला युक्रेनले रुस समक्ष वार्ताको प्रस्ताव पठाएको हाे।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उदेश्यले रुसी युद्धबन्दीहरुलाई रिहा गर्ने प्रस्ताव पठाएको बताइएको छ ।

युक्रेनी प्रस्तावमा रुसले पनि कुनै प्रतिक्रिया जनाइसकेको छैन । मारियुपोल शहरमा हजारौं सर्वसाधारण फसेको अनुमान गरिएको छ । एउटा स्टिल कारखानाभित्र शरण लिएका सर्वसाधारण मात्रै एक हजार भन्दा बढी रहेको रेडक्रस लगायत संस्थाहरुले जनाएका छन् ।

सोही कारखाना बाहिर युक्रेनी सेनापनि भिडिरहेका छन् ।