चलचित्र ‘मन्त्र’को पहिलो गीत सार्वजनिक, सौगात र दियाको प्रेम « Imagekhabar – Online News Portal of Nepal


चलचित्र ‘मन्त्र’को पहिलो गीत सार्वजनिक, सौगात र दियाको प्रेम


143
Shares

काठमाडौं । चलचित्र ‘मन्त्र’ मा समाबेश पहिलो गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘तिम्रै हुँ भन्छ यो मनले’ बोलको गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर रहेको छ । सार्वजनिक गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता सौगात मल्ल र मुख्य अभिनेत्री दीया पुनको मायाप्रेम देख्न सकिन्छ ।

वैशाख १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको केहि हप्ता अघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ ।

ट्रेलरले पाएको हाइप अब सार्वजनिक गीतले अझै बढाउनेमा निर्माण टिम विश्वस्त छ। चलचित्रको गीत एट के एभरेस्ट मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् सँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । हिमाली भेगको सुन्दर दृश्यहरू कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र भएको निर्माण पक्षको दाबी छ ।

चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ ।

हिमालयन लभ स्टोरी ‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा बुद्दि तामाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ ।

देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् ।

साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको चलचित्रमा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।

चलचित्रको काठमाडौं बाहिर एफडि कम्पनि र उपत्यकामा काफिया फिल्म्सले वितरणको जिम्मा लिएका छन् ।