Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु


143
Shares

काठमाडौं । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आज शुक्रबारदेखि सुरू भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले दशरथ रंगशालामा प्रशिक्षण सुरू गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दिइने प्रशिक्षणमा २५ जना खेलाडी सहभागी भएका छन् ।

पहिलो दिन २४ खेलाडी प्रशिक्षणमा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ भने केही दिनपछि मात्रै प्रशिक्षणमा सहभागी हुने छन् ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, विशाल राई